यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको सम्भावित कार्यसूचीमा पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने उल्लेख छ ।
दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरूको नाम मनोनयन गर्ने र तेस्रो नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।