यस्तो छ चीन र नेपालको १३ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौँ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।
विभिन्न मन्त्रालयअन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । नेपाल र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
विज्ञप्ति अनुसार ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालले समर्थन गर्ने बताइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । न्यानो र मैत्रीपूर्ण स्वागतप्रति धन्यावाद दिँदै चिनियाँ नेताहरूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
हेर्नुहोस् चीन र नेपालको संयुक्त विज्ञप्ति :-