यातायात सेवा सुरक्षित र सुव्यवस्थित बनाइयोस्

कोरोना महामारी अहिले भयावह बन्दै गइरहेको समयमा परेको हिन्दू धर्मावलम्बीहरूका मुख्य तीनवटा चाडबाडहरू नजिकिँदैछन् ।

चाडपर्वको विशेषता नै आफन्तजनहरूसँगको भेटघाट महत्वपूर्ण हुन्छ जसकारण धेरै मानिसहरू यात्रामा हुनेछन् । तथापि सकेसम्म यात्रालाई सुव्यवस्थित र सुरक्षित तुल्याउनुपर्छ ।

भीडभाडपूर्ण यात्रा कम गर्नु नै पर्छ । यसलाई केही होइन भनेझैं ठान्नेहरूले कोभिड १९ को प्रहार भोगिसकेका मानिसहरूका दु:ख र सन्तापपूर्ण अनुभव सुन्नैपर्छ र आफैं भीडभाडमा नथपिन जोगिएर बस्न पनि होशियारी अपनाउनुपर्छ ।

यसबेला सार्वजनिक यातायातलाई सुव्यवस्थित र सुरक्षित बनाउन सिकएन भने महामारी झनै भयावह हुने अनुमान विज्ञहरूले गरिरहेका छन् ।

खासगरी काठमाण्डौ उपत्यकामा अहिले संक्रमण दर ह्वात्तै बढिरहेकोले यहाँबाट गाउँघरसम्म आवतजावतलाई बेफिक्री बनाउनै नहुने सुझावलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

ठेलमठेल नहुनेगरी सीमित यात्रीहरूमात्र राखेर यात्रा अनुमति प्रटाेकललाई सख्तरूपमा लागू गरिएन भने महामारी देशैभरि फैलिँन सक्छ । त्यसकारण यात्रीहरू आफैं सजग र होशियार बन्नुपर्ने  सवारी चेकजाँच नियमित गर्नुपर्ने यातायात व्यवसायीहरूले पनि जिम्मेवार एवं लोककल्याणकारी व्यवसायिकता निर्वाह गर्दै सरकारी मापदण्ड पालन गर्नुपर्ने र यातायात मज्दूरहरूले जोखिमबारे आफू सचेत बनी महामारी नियन्त्रणमा सघाउ पुर्याउनुपर्ने अपरिहार्य जिम्मेवारी सबै पक्षबाट पूरा गरियोस् ।

आसन्न दशैं तिहार र छट्जस्ता विशेष चाडहरूको अवसरमा सुरक्षित एवं सुव्यवस्थित हर्षोल्लासमय भेटघाट बन्नसकोस् भनी शुभकामना व्यक्त गर्दछौं

 

 

One Comment

  1. सबै प्रकारका उत्पीडन र विभेदका विरूद्ध अावाज मुखरित गराैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button