यी हुन् वैशाख महिनाभर विद्यालय बन्द हुने शहरहरु

काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले एक महिनासम्म शहरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कोरोनाको उच्च जोखिममा रहेका जिल्लामा भाैतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी र धरानका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द गर्ने सरकारको निर्णय रहेको छ । यी ठाँउहरुमा अनलाईन माध्यमबाट पठपाठन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button