युथ स्पोर्टस क्लबबाट लामोसाँघुमा सरसफाई

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको युथ स्पोर्टस क्लब र लामोसाँघु भ्याली समाजले बलेफी गाउँपालिका–८ लामोसाँघु बजार, पुल र सुनकोशी गाउँपालिका–७ लामोसाँघु बजारमा सरसफाई गरेको छ ।

क्लबको आयोजनामा “जथाभावी फोहोर नफालौं, सभ्य नागरिकको पहिचान दिऔं” भन्दै बजारलाई संधै सफा र हराभरा राख्न सन्देशमुलक अभियान थालनी गरेको क्लबका अध्यक्ष उमेश प्रधानले जानकारी दिनु भएको हो ।

क्लबका पदाधिकारी, लामोसाँघुका स्थानीय, सशस्त्र प्रहरी कार्यालयका डिएसपी खेम शर्मा, लामोसाँघु, प्रहरी चौकी लामोसाँघुका इन्चार्ज तुलसीप्रसाद पोखेरल, नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ का सहसचिव रमेशकुमार श्रेष्ठ, बलेफी गाउँपालिका–८ का वडा अध्यक्ष चरिबहादुर तामाङ, लामोसाँघु भ्याली समाजका अध्यक्ष बलदेव श्रेष्ठ, अन्य जनप्रतिनिधि, लामोसाँघुका समाजसेवीहरुले सरसफाई गरेका थिए ।

क्लबका अध्यक्ष प्रधानका अनुसार केही दिनमा नै लामोसाँघु बजारमा २० थान डस्टबिन राख्ने र डस्टबिनमा संकलन भएको फोहोर निश्चित क्षेत्रमा लगेर ब्यबस्थापन गर्न कर्मचारी राखिने जानकारी दिनु भएको छ ।

डस्टबिन सिन्धु बिकास बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उपलब्ध गराउने पनि प्रधानले बताउनु भयो । उहाँका अनुसार अब अप्रान्त सडक किनारामा निमार्ण सामाग्री, गाडी पार्किङ नगर्न आग्रह गरिएको छ । साथै सबैले घरआँगनमा उचित सरसफाई राख्नको लागि समाजसेवी प्रधानले सुझाव दिनु भएको छ ।

शनिबार नै नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ का सहसचिव रमेशकुमार श्रेष्ठ, समाजसेवी दिनेश कुमार श्रेष्ठ र चौतारा साँगचोकगढी नगरपालिका–२ का बुद्धराज श्रेष्ठले शारिरीक अपांगता रहेका चौतारा साँगचोकगढी नगरपालिका–२ कै राम थापालाई ह्वीलचियर र लठी सहयोग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button