युवक बेपत्ता

रातोपाटीन्युज । सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिका २ पूरानो घ्याङडाँडाका २८ बर्षीय एक युवक दुई साताबाट बेपत्ता भएका छन् ।
दिेनेश सुन्दास नाम गरेका ती युवक माघ १४ गते बिहान घरबाट बजार निस्केका थिए । बजार हिंडेका उक्त युवक अहिलेसम्म नभेटिएको उनकी दिदी सुनिता सुन्दासले पीडा पोखेकी छिन् ।
नातागोता, आफान्त, गाँउबजार सबै ठाँउमा खोजी गरेपनि दिनेश नभेटिएको सुनिताले दुखसो गरिन् । भाईको खोजी गरिदिन प्रहरी र सबैलाई उनीले आग्रह गरेकी छिन् ।
आर्मी कलरको ज्याकेट, हात्ती छाप चप्पल लगाएका युवकलाई कसैले देखेभेटेमा प्रहरी र स्थायी ठेगानामा खबर गरिदिन पनि परिवारजनले अनुरोध गरेको छ ।