योग्य, सक्षम र क्षमतावानलाई टिकट दिन्छौं– कांग्रेस नेता बस्नेत

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सिन्धुपाल्चोकका स्थानीय तहमा योग्य, सक्षम र क्षमतावान ब्यक्तिलाई टिकट दिने उदघोष गर्नु भएको छ ।

शनिबार लिसंखुपाखर गाउँपालिकाद्धारा आयोजित ‘घर घर जाउँ, कांग्रेस जिताऔं’ अभियानलाई सम्बोधन गर्ने क्रममा पार्टी संगठनमा महत्वपूर्ण भूमिका निवार्ह गरेका, जनताका दुख सुखमा निरन्तर साथ दिदैं आएका ब्यक्तिले स्थानीय तहमा टिकट पाउने जानकारी दिनु भएको हो ।

कम्युनिष्टहरुको ज्यादती बिरुद्ध जनतालाई मूक्ति दिन सक्ने, उनीहरुको नक्कली राष्ट्रबाद र झुठको खेती जनतालाई बुझाउन सक्ने, पार्टी संगठन सुदृढीकरणमा लागिरहेका बैचारिक र जुझारु ब्यक्तिलाई स्थानीय तहको निर्वाचनमा टिकट दिने र त्यसका लागि गृहकार्य भईरहेको समेत युवा नेता बस्नेतले बताउनु भएको छ । पहुँच र भनसुनको आधारमा भन्दा पनि जनताको काममा खट्नेलाई कांग्रेसले टिकट दिने भन्दै उहाँले जनताका घरघरमा पुगेर उनीहरुको पक्षमा लाग्न र टोल समिति गठनलाई तीव्रता दिन पनि निर्देशन दिनु भएको छ ।
यस्तैमा केही दिन अघि सभापति बस्नेतले बाह्रबिसे नगरपालिका–७ घुम्थाङका एक अशक्त १९ बर्षीय युवालाई नगद १० हजार उपचार सहयोग गर्नु भएको छ भने इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा मृत्यु भएका बाह्रबिसे नगरपालिकाको थगामका स्वर्गीय खड्ग बहादुर तामाङको दुई जना छोराछोरीलाई राजधानीको आवसीय बिद्यालयमा निशुल्क कक्षा १२ सम्म शिक्षण गराई दिने बताउनु भएको छ ।

बस्नेतले अहिले जनताका प्रयेक दुखसुखमा साथ सहयोग गर्दै पार्टी संगठन र टोल समिति गठनमा निरन्तर लाग्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button