यौनजन्य गतिविधिमा संलग्न पाँच जना पक्राउ

डिलकुमारी नेपाल, चितवन । चितवनको मुख्य बजार नारायणगढको लायन्सचोकमा रहेकाे एक होटलमा गैरकानुनी क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार भरतपुर-२ लायन्सचोकस्थित कल्पना होटल एण्ड लजमा यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा होटल सञ्चालिका नवलपुरासी देवचुली २ घर भएकी ४० वर्षीय कल्पना महरा, भारत बिहार राज्य समस्तिपुर घर भइ अहिले भरतपुर महानगरपालिका २ मा डेरा गरी बस्ने वर्ष १९ को मोहम्मद इम्तियाज, जिल्ला नवलपरासी बौदिकालि गाउँपालिका ५ बस्ने वर्ष २१ को मुस्कान ठकुरी, भरतपुर महानगरपालिका ७ बस्ने वर्ष २४ कि रोशनी मगर र भरतपुर महानगरपालिका १ बस्ने वर्ष १९ का सन्जोग महरा,रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयाे ।