राजतन्त्र पुनःबहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनःबहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।

राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्दै सोमबार काठमाडौंमा प्रदर्शन भएको हो।

राष्ट्रिय नागरिक आन्दोलनको अगुवाईमा प्रदर्शन आयोजना गरिएको हो।

राजधानीको माइतीघर मण्डलावाट सुरु भएको प्रदर्शनले उपत्यकाका विभिन्न स्थान परिक्रमा गरेको छ।

राजसंस्थाको माग गर्दै केही दिनयता देशका विभिन्न भागमा प्रदर्शन हुँदै आएको छ।

यसअघि विराटनगर, पोखरा, बाँके, कैलाली, रौतहट र हेटौडा लगायतका क्षेत्रमा राजावादीहरुले प्रदर्शन गरिसकेका छन।

वर्तमान सरकार भ्रष्टचारबाट लिप्त भएर सुशासन कायम गर्न नसक्दा नेपाली बिकल्पको खोजिमा रहेको बताउदै आएका छन।

प्रदर्शनकारीले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाउदै अबको बिकल्प राजा सहितको हिन्दु राज्य हुनुपर्ने माग गर्दै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button