रातोपाटीन्यूजको वरिष्ठ सम्पादकमा डा. बि. पी. खनाल
ललितपुर । रातोपाटीन्यूज डट कमको निम्ति अबउसो बरिष्ठ सम्पादकमा डा. बि. पी. खनालले जिम्मेवारी बहन गर्ने हुनुभएको छ ।
मर्सी मिशन मिडिया प्रालिद्वारा संचालित रातोपाटीन्यूज डट कमको बुुुधबार बसेको बैठकले डा. खनाललाई वरिष्ठ सम्पादकको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाली पत्रकारिता तथा लेखनमा तिन दसक भन्दालामो अनुभव हाँसिल गरेका खनालको विभिन्न विधामा लेखिएका १६ वटा पुस्तकहरू प्रकाशित छन् ।
धार्मिक स्वतन्त्रताका अभियन्ता डा. खनाल धर्म तथा आस्थाको स्वतन्त्रका लागि सांसदहरूको अन्तर्राष्ट्रिय मञ्च, नेपाल च्याप्टरका संयोजक हुन् भने मिडिया एड्भोकेसी फोरम नेपालका सल्लाहकार पनि हुन् । सर्वाङीण बिकासमा विद्यावारिधि गरेका डा. खनालसँग शिक्षण पेशामा समेत लामो अनुभव छ ।