राप्रपाबाट बाढीपहिरो पीडितलाई नगद र खाद्यन्न

चित्र मिजार, सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाह्बिसे नगरपालिका ७ घुम्थाङका नागपुजे र भीरर्खकका पहिरो पीडितलाई नगद र खाद्यन्न राहत सहयोग गरेको छ । साथै बुदेपामा पुगेर पहिरो पीडितलाई खाद्यन्न सहयोग गरेको छ ।

पहिरोमा मृत्यु भएका ११ घरलाई नगद १२ हजारका दरले सहयोग गरेको छ । साथै पहिरोपीडित घरपरिवारलाई दाल, चामाल, तेल नुन लगायतका खाद्यन्न पनि सहयोग गरिएको छ । राप्रपाका क्षेत्रीय सचिव उत्तम भण्डारीका अनुसार नागपुजे र भीरर्खक पहिरो पीडितलाई १० लाख २ हजार ९ सय ८० रुपियाँ बराबरको नगद र खाद्यन्न सहयोग गरिएको बताएका छन् ।

पहिरोमा परिवारका सदस्य गुमाएका राम कुमारी नेवार, भक्तिमाया नेवार, पद्म कुमारी नेवार, रस बहादुर नेवार, लाल बहादुर नेवार, ल्याक्सी तामाङ, धनलाल नेवार, कुमार बिक, सुकुलाल बिक, सिहं बहादुर नेवार र रबिना श्रेष्ठलाई नगद १२ हजारका दरले सहयोग गरिएको हो ।

राप्रपाको चार लाख ३ हजार, गैर आवसीय नेपाली संघ पोर्चुगलका बरिष्ठ उपाध्यक्ष भीमसेन थापा र अन्य गरि चार लाख १५ हजार, राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरिकाका अध्यक्ष शिव राउत र अपुर थापाको सक्रियतामा एक लाख ८४ हजार ९ सय ८० सहयोग प्राप्त भएको थियो । १ सय ५३ घरलाई दाल चामाल, तेल, नुन लगायतका खाद्यन्न बितरण गरेको सचिव भण्डारीले बताए । नागपुजे र भीरखर्कका ८५ घर, बुदेपाका ५० घर र घुम्थाङडाँडा गाँउका १८ घरलाई खाद्यन्न सहयोग गरिएको छ ।

राप्रपाका सदस्य तथा पुर्व माननीय रमेश लामा, जिल्ला अध्यक्षदोय नर्सिङ श्रेष्ठ (गोपाल), दइन्द्र बहादुर ठकुरी, पूर्व केन्द्रीय सदस्य उदय सापकोटा, यस्मिन ढुंगाना, क्षेत्रीय अध्यक्ष शिव भण्डारी, बाह्बिसे नगरपालिका ७ का वडा अध्यक्ष मीन बहादुर श्रेष्ठ, चौतारा साँगचोकगढी नगरपालिका २ का वडा अध्यक्ष दिेपेन्द्र थापा, राप्रपाका नेता भीमसेन थापा लगायतले नगद र खाद्यन्न बितरण गरेका थिए । सो पार्टीले जिल्लामा मात्रै बाढीपीडितलाई २४ लाख ४२ हजार हजार बराबरको नगद र खाद्यन्न सहयोग गरिसकेको क्षेत्रीय सचिव भण्डारीले जानकारी दिएका छन् ।

बाह्बिसे नगरपालिकाको जम्बु र खाग्दलका बाढी पहिरोमा जनधन गुमाएका भोटेकोशी गाँउपालिकाको बाढीपहिरोमा जनधन गुमाएकालाई सात लाख २३ हजार ६ सय, जुगल गाँउपालिका २ लिदी पहिरोमा परिवारका सदस्य गुमाएका र घर गुमाएकालाई पाँच लाख ४५ हजार, सुनकोशी गाँउपालिका ६ धुसिने पहिरोपीडितलाई दुई लाख र बाह्बिसे नगरपालिका ७ नागपुजे र भीरर्खकका पहिरो पीडितलाई नौ लाख ७४ हजारको नगद र सहयोग गरेको भण्डारीले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button