राप्रपा महाधिवेशनः १५ सय मत खस्यो, मतदान सकिन अझै आठ घण्टा लाग्ने

काठमाडौं। नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ।

निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ। राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो।

निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन्।

निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

निर्वाचन अधिकृतअनुसार अहिले एक सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन्। एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button