राष्ट्रको शान्तिका लागि पवित्र महासभा हुने

झापा । झापा जिल्ला इसाई समाजको आयोजना तथा सम्पूर्ण ख्रीष्टियन समाजको प्रार्थना मेलमिलाप तथा एकता अभियान, इसाई नारी, पुरुष एकता प्रार्थना समुह, स्वतन्त्र विश्वव्यापी मण्डली र वि.नि.प्र.प. सेवकाई नेपालको सहआयोजनामा पवित्र महासभाको आयोजना गर्ने भएको छ ।
मंगलवार कार्यक्रमबारे पत्रकार सम्मलेनको आयोजना गर्दै आयोजक समितिले नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरी देशमा रहेको विकृति, विसंगति र दैवीक विपत्ति लगायत सम्पूर्ण समस्या निराकरणका लागि शान्तिको कामना सहित राष्ट्रका लागि पवित्र महासभाको आयोजना गर्ने जानकारी गराएको हो ।

स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर तथा वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अन्तरराष्ट्रिय वक्ता डा. रेभ. चेत बहादुर खेरलबाट विशेष प्रार्थना गरिने सो सभामा प्रदेश १ का १४ वटै जिल्लाबाट झण्डै दुई लाख मान्छे सहभागि हुने दावी गरेको छ ।
यहि फागुन ८ गते विहिवार झापाको कमल गाउँपालिका वडा नं. ५ पाँडाजुँगीस्थित आदिवासी रंगशालामा हुने भव्य सभामा दिगो शान्तिको कामना सहित भ्रमण वर्षलाई समेत सफल पार्ने लक्ष्यसहित नेपाल विश्वकै शान्ति मुलुक भएको सन्देश प्रवाह गर्दै अध्यात्मिक ईश्वरीय प्रार्थनाद्वारा शान्तिको कामना गर्ने कार्यक्रमको मुख्य ध्येय हो । समाजमा धार्मिक सद्भाव एकता भाइचारालाई कायम राख्दै राष्ट्रको परिचयलाई विश्वमा कायम गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा देशमा व्याप्त कुरीति, कुसंस्कार र गलत क्रियाकलाप निराकरणका लागि अन्तरराष्ट्रिय वक्ता डा. रेभ. चेत बहादुर खेरलबाट विशेष प्रार्थना गरिने छ । प्रदेश १ का १४ वटै जिल्लाबाट आएका विभिन्न रोगीविराममी र विभिन्न आत्मिक समस्यामा परेकाहरूको भेला गराई एक दिने वृहत पवित्र महासभा मार्फत विशेष प्रार्थना गरिने छ । साथै देशमा व्याप्त भ्रष्टाचार र कुरीतिका विरुद्ध र देशका नेतृत्व वर्गहरुलाई इश्र्वरीय शक्तिद्धारा राष्ट्र संचालन गर्न अद्भुत ज्ञान र वुद्धि प्राप्त होस भनि विशेष प्रार्थना गरिने छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button