राष्ट्रपतिले जारी गरिन् कोरोना खोप उपलब्धता सहज बनाउने अध्यादेश

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा औषधिसम्बन्धी अध्यादेश जारी गरेकी छिन्।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन्।

मन्त्रिपरिषदको सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई मध्यनजर गरी तयारी गर्न आवश्यक समय समेतका लागि अध्यादेश जारी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button