राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पद तथा गोपनीयताको सपथ लिएसागै गौतमले सञ्चारकर्मीसँग राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने उल्लेख गरे ।

सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे ।

राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’

समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button