राष्ट्रियसभा निर्वाचन परिणाम : कुन–कुन प्रदेशबाट कसले बाजी मारे ? (सूचीसहित)

काठमाडौं । आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म प्राप्त परिणामअनुसार सत्ता गठबन्धनका उम्मेदवारहरुले जितेका छन् ।
सुदूरपश्चिम प्रदेश – एकीकृत समाजवादीकी गरिमा शाह
सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) विजयी भएका छन् । उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाएकी थिइन् ।
लुम्बिनी प्रदेश – एकीकृत समाजवादीकी गैरे
लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे विजयी भएकी छन् । गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी एमालेकी भारती खनालले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाइन् ।
१ नम्बर प्रदेश – एकीकृत समाजवादीकी जयन्ती राई
एकीकृत समाजवादीकी जयन्ती राई प्रदेश १ बाट महिलातर्फ विजयी भएकी छन् । उनले ४ हजार ६९२ मतभार पाइन् भने उनकी प्रतिस्पर्धी एमालेका सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।