राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपति कार्यालय पठाइयो बामदेव गौतमको नाम

काठमाडौं । राष्ट्रिय सभाको मनोनित कोटाबाट बन्ने सांसदका लागि सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमको नाम पठाएको छ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरिएका गौतमको नाम बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शितल निवास पठाएको हो।

राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा पठाएपछि मात्रै गौतमले सांसदको सपथ लिन पाउनेछन्।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको छ।

फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएनन्।

भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैले गौतमको नाम सिफारिस गर्ने जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button