राष्ट्र बैंकका गभर्नरसँग १ करोड बढीको शेयर, ११ वाणिज्य बैंक र ४ हाइड्रोमा लगानी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग १ करोड बढीको शेयर रहेको पाईएको छ । गभर्नर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको सम्पति विवरणमा आफु र आफ्नो परिवारको सदस्यको नाममा १ करोड बढी लागत भएको शेयर रहेको उल्लेख गरेका हुन् ।
उनीसँग हाल दोस्रो बजारमा कारोबार नै हुन् छोडेका नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा, ज्योति स्पिनिङ लगायतका औद्योगिक निकायको ११ सय कित्ता शेयर रहेको छ । उनले यी शेयर ४५ हजार २ सयमा आईपिओ मार्फत खरिद गरेको उल्लेख गरेका छन् ।
त्यस्तै उनले आफुसँग नबिल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौँ, सनराइज बैंक, एभरेष्ट बैंक, मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबि बैंक, ग्लोबल आइएमइ बैंक , एनआईसी एसिया बैंक, मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स लगायतका संस्थाहरुको १७ हजार १ सय ८४ कित्ता साधारण शेयर भएको उल्लेख गरेका छन् । उनले यी शेयर अईपिओ, दोस्रो बजार, बोनस , हकप्रद मार्फत लिएको र यो शेयरको लागत ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ रहेको विवरण पेश गरेका छन् ।
त्यस्तै उनीसँग नबिल ब्यालेन्स फण्ड २ को १ लाख ८० हजार इकाई शेयर रहेको छ । साथै गभर्नर अधिकारी र उनको परिवारको सदस्यको नाममा चिलिमे, एचआईडिसीएल, सानिमा माई, अपर तामाकोशी, लगायत हाइड्रोको २७ हजार ९ सय २९ कित्ता शेयर रहेको छ ।त्यस्तै उनले आफुसंग २७ तोला सुन को सुनका गहना तथा ५० तोला चाँदी र चाँदीको गहना रहेको उल्लेख गरेका छन् ।
हेर्नुस उनीसँग रहेको शेयरको विवरण :