राष्ट्र बैंकका डेपुटी गभर्नरसहित ५ उच्च अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना संक्रमण भएको छ ।

बिहीबार डेपुटी गभर्नर श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको स्रोतको भनाइ छ । साथै श्रेष्ठका सवारी चालकलाई समेत कोरोना पुष्टि भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसीङमा परेका छन् । केहि समय अघि पनि गभर्नर अधिकारी कोरोनाको आंशकामा भैसेपाटीस्थित आफ्नै निवासमा क्वारेन्टिनमा बसेका थिए । यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button