रेडियो नेपालका सञ्चालक दीपक पाठक पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै रेडियो नेपालका सञ्चालक दीपक पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरज शाहीले पाठक पक्राउ परेको पुष्टि गरे ।

सामाजिक सञ्जाल फेसबुकमा लगातार प्रचण्डविरुद्ध रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकले गालीगलौज गरेको भन्दै प्रेस काउन्सिलमा उजुरीसमेत परेको थियो । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले उजुरी गरेका थिए । त्यसपछि सञ्चार मन्त्रालयले पनि सञ्चालक पाठकसँग स्पष्टीकरण माग गरेको थियो ।
साइबर ब्यूरोका एसएसपी नविन्द्र अर्यालले दुईठाउँमा आएको उजुरीका आधारमा उनलाई बिहान जडिबुटीबाट पक्राउ गरिएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button