लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि बिहीबार सकिँदै थियो ।

कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । मुलुकभित्र कोरोना सङ्क्रमित फेला पर्ने क्रम नरोकिएकाले पुनः १० दिन लम्ब्याइएको हो ।

सरकारले पहिलोपटक चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १७ गते र २५ गते ८–८ दिन थप गरिएको थियो । वैशाख २ गते एकैपटक १२ दिन थप गरिएको थियो । चौंथो पटक १० दिन थप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button