लगानी बाेर्डमा भट्टकाे नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट

काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ ।

उच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालका अनुसार सोमबार अधिवक्ता जयबहादुर भुजेलले मन्त्रिपरिषद्ले गरेको नियुक्ति बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्।

निवेदकले भट्टको नियुक्ति दुई कारणले बदर योग्य रहेको जिकिर लिएका छन् । साउन १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बाेर्डकाे सिइओमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।

विदेशी कम्पनीको एजेण्टका रहेको र राज्य निकायमा जिम्मेवारी लिएर पनि बिचौलियका रुपमा सक्रिय रहेकाले भट्टलाई उक्त पदमा नियुक्त गर्न योग्न नभएको रिट निवेदनमा उठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button