लमजुङका तीनवटा होमस्टे गण्डकी प्रदेशको होमस्टे परियोजनामा छनोट

छनोटमा परेका होमस्टेलाई प्रदेश सरकारले ३० लाख दिने

डिलु गुरुङ, लमजुङ। गण्डकी प्रदेशको होमस्टे परियोजनाका लागि लमजुङका तीनवटा होमस्टे छनोट भएका छन् ।

गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लमजुङका तीनवटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको हो ।

प्रदेशभित्रका ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेकोमा प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो । ३० वटा होमस्टे छनोट भएकोमालमजुङको राइनास नगरपालिका–३ मा रहेको कुडुले सामुदायिक होमस्टे (राइनास होमस्टे), बेसीशहर नगरपालिका–६ मा रहेको पुमागाउँ सामुदायिक होमस्टे र बेँसीसहर नगरपालिका–३ मा रहेको काउलेपानी सामुदायिक होमस्टे रहेका छन् ।

काउलेपानी र राइनास होमस्टेको सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेको पदमार्ग निर्माणका लागि छनोट गरिएकोे हो । छनोटमा परेका तीनवटा होमस्टेलाई प्रतिहोमस्टे १० लाखका दरले ३० लाख नगद अनुदान उपलब्ध गराइने गण्डकी प्रदेश सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button