ललितपुरमा पुर्व प्रहरी कर्मचारीहरु संगठित हुँदै
ललितपुर । सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाएकाहरुको संगठन नेपाल पुर्व प्रहरी कर्मचारी संगठन ललितपुर जिल्ला कार्यसमितिको बैठक सप्पन्न भएको छ ।
पुर्व प्रहरी कर्मचारीको हक हित र अधिकार, परिवारको कल्याणका विभिन्न कार्यक्रम तथा पुर्व प्रहरी कर्मचारीले मुलुकमा हित र सामाजिक क्रियाकलापमा पुर्याउन सक्ने योगदानका बिषयमा बैठकमा छलफल भएको संगठनका सचिव कृष्ण प्रसाद सिटौलाले जानकारी दिनु भयो ।
रगतका धर्साले सीमा जोगाएका, कर्तब्य पालनाका लागि लड्दा घाइते र अपांगसहित शहिदसम्म भएको उदाहरण दिदै अब सुरक्षाकर्मीहरु एकढिक्का भएर अगाडी बढ्नपर्ने सचिव सिटौलाले बताए ।
हारेर थाकेको नभइ उमेरले अवकाश पाएका पुर्व प्रहरी कर्मचारीहरुको धेरै ज्ञान र क्षमता सुरक्षाको विषयमा भएकोले राज्यले चिन्न सक्नुपर्ने भनाइ उहाँको थियो ।
संगठनले सामाजिक सेवा कार्यमा पुर्ण सहभागीता जनाउने र देशमा सुरक्षाकर्मीकै कारण मुलुकको सुरक्षा भएको भन्दै संगठ्नमा आबद्ध हुन एकजुट भै देश निर्माण र सेवामा समर्पित हुन सबै पुर्व प्रहरी कर्मचारीलाई उहाँले आह्वान गर्नु भएको छ ।
संगठनले आगामी दिनमा सामाजिक कार्यहरु गर्दै नागरिकमा सचेतनामुलक कार्यक्रममार्फत नागरिक समाजको भूमिका निर्वाह गर्दै जान आगामी चैत्र १० बजे ललितपुर महालक्ष्मीस्थानमा सरसफाइ कार्यक्रमसहित भेटघाट गर्ने कार्यक्रम तय गरेको छ ।
बैठकमा नागरिक सरोकार मञ्च नेपालका अध्यक्ष रुद्र कुमार जोशी, नेप्सेम्याकका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद गेलाल लगायत पुर्व प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।