लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

बिहिवार राती ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका ११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका(९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती नै शिवसताक्षी नगरपालिका-१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका(६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका १ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button