‘लिसंखुपाखरमा निर्वाचन जित्छौं’– सभापति जोगलाल

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिकाका सभापति जोगलाल तामाङ ‘जेठा’ ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिसंखुपाखर गाउँपालिका कांग्रेसले जित्ने दाबी गर्नु भएको छ ।
शनिबार लिसंखुपाखर गाउँपालिकाद्धारा आयोजित ‘घर घर जाउँ, कांग्रेस जिताऔं’ अभियानको शुभारम्भ कार्यक्रममा सभापति तामाङले लिसंखुपाखरमा कांग्रेसले बिजयी हाँसिल गर्ने धेरै आधार भएको बताउनु भएको छ । कांग्रेसलाई अन्य पार्टीले पराजित गर्न नसक्ने दाबी पनि उहाँले गर्नु भयो ।
कुनै पनि हालतमा कांग्रेस पराजित नहुने भन्दै बैशाख ३० को स्थानीय निर्वाचनमा बिजयी हाँसिल गर्न कांग्रेसीहरु एकढिक्का हुनुमा बिकल्प नभएको सभापति जेठाले बताउनु भएको छ । पालिका सभापतिमा आफू सभापतिमा चुनिएपछि कांग्रेसको गुट उपगुट अन्त्य गराएकोले स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचन जित्नेमा शंका नै नभएको सभापति जेठाको दाबी छ । लिसंखुपाखर कांग्रेसमा अन्र्तघात भन्ने शब्द नै नभएकोले स्थानीय तहको चुनाव जित्ने उहाँले बताउनु भएको छ । त्यसकारण चुनाव जित्ने पार्टी कांग्रेस नै भएकोले सबै जनताले कांग्रेसलाई मतदान गर्न जेठाले आग्रह गर्नु भएको छ ।
बामपन्थीले गरेका गलत काम जनतालाई बुझाउने, नागरि समक्ष कांग्रेसले गरेका कामको प्रचार गर्ने र पार्टीभित्र अन्र्तघात अन्त्य गरी कांग्रेसले तीनै तहको सरकारमा बिजय हाँसिल गर्ने सभापति तामाङले जानकारी दिनुभयो । लिसंखपाखरमा कांग्रेसले अहिले धमाधम घरदैलो अभियान थालिरहेको उहाँको भनाई छ ।
जनताका घर घर पुगेर कांग्रेसले जनताका भावना अनुरुप बिकासका काम गर्न राय सल्लाह सुझाव लिन थालेको कांग्रेस युवा नेता समेत रहेका सभापति तामाङले बताउनु भयो । उक्त कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, नेता डा प्रेमध्वज लामा, महाधिबेशन प्रतिनिधि मिठुदेवी लामा, टपेन्द्र दर्नाल, लगायतका बक्ताहरुले संगठन बिस्तार, गुट अन्त्य, अनुशासित र क्रियाशिल कार्यकर्ता निमार्णमा जोड दिएमा स्थानीय देखि संघीय निर्वाचन समेत बिजय प्राप्त गर्ने बताएका थिए ।