लुम्बिनीमा माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइने जनाएको छ ।

लुम्बिनी प्रदेशको तराईका जिल्लामा थारु समुदायको बाहुल्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button