लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले गरे दुई मन्त्रीको पुनर्नियुक्ति

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति गरिएको छ । आइतबार पुनःनियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रीमण्डलमा पुनः समावेश गरेका छन् ।

उनीहरु दुवै जसपाबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन् । सोमबार पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका छन् । अब लुम्बिनीमा मन्त्रीमण्डल ७ जनाको पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button