लोकसेवा आयोगले लिन लागेको शाखा अधिकृतको लिखित परीक्षा स्थगित

काठमाडौँ, १३ चैत । लोकसेवा आयोगले लिन लागेको शाखा अधिकृतको प्रथम पत्रको लिखित परीक्षा स्थगित भएको छ ।
आयोगका उपसचिव एकनारायण शर्माले आइतबार सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जनाएका छन् ।
सूचनामा सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेशको कार्यान्वयन गर्ने क्रममा परीक्षा स्थगित गरिएको उल्लेख छ ।
चैत २६ गते शनिबार ११ बजे प्रथम पत्रको परीक्षा हुने तय भएको थियो ।