काठमाडौँसहित देशभरका अधिकांश स्थानमा वर्षा र चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै
हिमाली भेगमा भारी हिमपात

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको रहँदा देशभर सामान्यदेखि पूर्ण बदलीरहि अधिकांश स्थानहरुमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पौने ९ बजेसम्म देशका अधिकांश जसो स्थानमा वर्षा भएको छ। पछिल्लो २४ घण्टामा सिमरामा सबैभन्दा धैरै वर्षा भएको छ । विभागका अनुसार सिमरामा १३ मिलिमिटर पानी परेको छ। त्यसपछि धेरै पानी भैरहवामा र डडेल्धुरामा परेको छ। भैरहवामा १२ दशमलव ६ र डडेल्धुरामा १२ दशमलव २ मिलिलिटर वर्षा भएको छ।
पश्चिमी वायुको प्रभावका कारण आज बिहानदेखि देशभर वर्षा र हिमपात भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यका वरिपरिका अग्ला पहाडमा हिमपात पनि भएको छ।
रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि, फुलचाेकी, शिवपुरीलगायत डाँडामा हिमपात सुरु भएको हो। चिसो मौसममा प्रायः हिमपात हुने उपत्यका आसपासका डाडाँमा यो वर्ष पहिलोपटक हिउँ परेको हो।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ। वर्षा र चिसो बढेसँगै जनजीवन कष्टकर भएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ । काठमाडौंको विहान पौने ९ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.७ रहेको छ भने अधिवकतम तापक्रम १५. २ रहेको छ। जुम्लाको तापक्रम माइनस ६ डिग्री रहेको छ।