वागमती प्रदेशका तीन मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौं । वागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।
प्रचण्ड–माधव नेपाल पक्षका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् ।
नेकपा विभाजनसँगै उनीहरुले मुख्यमन्त्रीमाथि विभिन्न आरोप लगाउँदै राजीनामा दिएका हुन् । मुख्यन्त्री डोरमणी पौडेल केपी ओली नेतृत्वको नेकपामा छन् ।
तीन मन्त्रीको राजीनामासँगै वागमती प्रदेशको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।