वामदेव गौतम राष्ट्रियसभामा जान तयार

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा जान तयार रहेको उनको सचिवालयले जनाएको छ।
गौतमले आफ्नो सचिवायसँग आफू राष्ट्रियसभा सदस्यमा मनेनित हुन तयार रहेको बताएका छन्।
अर्थ मन्त्री डा युवराज खतिवडा मन्त्रीमण्डल बाट बाहिरिने र मन्त्रिपरिषद् हेरफेर हुने चर्चाबीच गौतमको पछिल्लो भनाई आएको हो।
राष्ट्रियसभामा मनोनित अर्थ मन्त्री डा. खतिवडाको राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको छ।
अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका खतिवडा भदौ २० गते स्वतः पदमुक्त हुँदैछन्।
संघीय संसद सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा बहाल रहन पाउँदैन। खतिवडाको राष्ट्रियसभा राष्ट्रियसभा को दुईवर्षे कार्यकाल फागुन २० गते नै सकिएको थियो।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिँदै आएको बताइएको छ।
नेकपा सचिवालय बैठकमा खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्नेबारे छलफल भएको थियो।