विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी दिर्नेशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

यसअघि निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाको ठाउँमा शाक्यलाई नियुक्त गरिएको हो । विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर बिदा भएपछि ऊर्जा तथा जलस्रोत मन्त्रालयले कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको थियो ।

त्यतिबेला शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा काजमा थिए । कम्पनीबाट काज फिर्ता गरेर शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

यसअघि जुनयर उपकार्यकारी निर्देशकलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्णयप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री ओलीकै ‘इच्छा’अनुसार शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियक्त गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button