शंकास्पद बस्तु डिस्पोज गर्दा विप्लवको ब्यानरसँगै फेला पर्‍यो ढुंगा

डिलकुमारी नेपाल, चितवन । चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा भेटिएको शंकास्पद वस्तु आज नेपाली सेनाले डिस्पोज गरेको छ ।

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन कडा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाको भनाई अनुसार डिस्पोजका क्रममा बम जस्तो देखिने गरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको थियो ।

शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको थापाले जानकारी दिनुभयो ।

जिप्रका चितवन प्रहरी प्रवक्ता थापाले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button