विप्लव नेकपाले इन्धनको मूल्य बढाउने आयल निमगका कार्यलय घेराउ गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेका छन्।
सरकारले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु १०, बढाएको छ।
उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन्।