विमानस्थलमा नेपालीमै बोले भारतीय विदेश सचिव हर्षवर्द्धन

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन् ।

चार्टर्ड जहाजमा बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा उत्रिएका श्रींगलालाई परराष्ट्र सचिव भरतराज पौडेलले स्वागत गरेका थिए ।

विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै श्रींगलाले आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोनाभाइरसका कारण सम्भव नभएको र अहिले नेपाल आउन पाएकोमा निकै खुसी भएको बताए ।

विमानस्थलमा श्रींगलाले नेपालीमै बोलेका थिए। उनले पहिला पनि आफू काठमाडौं आएको र विदेश सचिवका रूपमा भने पहिलो पटक नेपाल आएको बताए ।

नेपालको पाटनमा मावली भएका श्रृंगलाले नेपाली भाषामै बोलेका थिए ।

आफू पहिले पनि काठमाडौं आएको तर विदेश सचिवको रुपमा पहिलोपटक आएको उनले बताए।

भारत र नेपाल निकटतम मित्र भएको बताउँदै दुई देशबीचको निकट सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने उनले बताएका छन्। उनले आज बिहीबार आफू निकै धेरै बैठकहरुमा सहभागी हुने जानकारी दिए।

यो पनि : भारतीय विदेश सचिव भन्छन्- म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन (भिडियो)‘आज पहिले परराष्ट्रसचिवसँग बैठक हुन्छ, त्यसपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यूसँग भेट हुन्छ, अरु उच्चपदस्थहरुसँग पनि भेट हुन्छ,’ उनले भने।

भोली शुक्रबार आफूले एउटा भर्चुअल कार्यक्रममार्फत् भारत–नेपाल मैत्रीबारे प्रवचन दिने र गोरखा जिल्ला पनि जाने कार्यक्रम रहेको उनले जानकारी दिए।

‘गोरखामा ५० हजार घर बनाउने हाम्रो प्रधानमन्त्री मोदीको प्रतिबद्धता छ, ४० हजार घर बनिसकेको छ,’ उनले भने, ‘हाम्रो फोकस शिक्षामा पनि छ, त्यहाँ तीनवटा स्कुल पुर्ननिर्माण गरेका छौं त्यसको भोली उद्घाटन हुन्छ।’

त्यसैगरी मनाङ जिल्लामा एउटा गुम्बा मर्मतसम्भार गरिएको र त्यो पनि शुक्रबार नै उद्घाटन गरिने विदेशसचिव श्रृंगलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button