विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विराटनगरको कोशी अस्पतालमा थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष छन् ।

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण मंगलबार अस्पताल भर्ना भएका उनको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए ।

मंगलबार भर्ना भएका उनमा कोरोना संक्रमणको लक्षण देखिएपछि आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो ।

कोरोना परीक्षणका लागि बिहीबार बिहान स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइएको थियो ।

साँझ ७ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये यसअघि नै ४ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये चारै जना मोरङ जिल्लाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button