विवादित मिडिया अवार्डबारे छानबिन गर्न समिति गठन, पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य संयोजक

काठमाडौँ । नेपाल पत्रकार महासंघले विवादित मिडिया अवार्ड प्रकारलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

महासंघको केन्द्रीय समिति बैठकले उक्त अवार्डबारे छानबिन गर्न समिति गठन गरको हो ।

महासंघको कपिलवस्तुमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा पूर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेको समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले नौमहिने अवधिमा महासंघले गरेका काम कारबाहीबारे पनि छानबिन गरि प्रतिवेदन बुझाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button