विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र मिलन पाण्डे नेतृत्वको विवेकशील नेपाली दलबीच एकताको घोषणा भएको छ।

बुधबार भर्चुअल कार्यक्रम गरेर दुई पार्टी एक भएको घोषणा गरिएको हो।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। अध्यक्षमा रवीन्द्र मिश्र छन्। संयोजक मिलन पाण्डे छन्।

एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।

दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन्।

सचिवालय २६ सदस्यीय छ। छ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ।

विगतमा यी दुई एक एकै थिए। उनीहरूले विगतमा फुटप्रति माफी मागेका छन्।

२०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो।

सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए।

तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button