विशाल काल्तान र जितु लोप्चनको सुमधुर स्वरमा “मायाला जोङ” अब युट्युबमा

काठमाडौं / तामाङ गित संगित क्षेत्रमा प्रेम गितहरुले छुट्टै स्थान जमाएका छन्।

जुन तामाङ गित पारखीहरुका लागि रोजाईको विषय बनिरहेको हुन्छ। यसै सिलसिलामा हिरा लामा”जिकज्याक” को प्रस्तुतिमा पुनः एक उत्कृष्ट गित “मायाला जोङ” को भिडियो सार्वजनिक भएको छ।

आज एक कार्यक्रम माझ सार्वजनिक गरिएको यस गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानले स्वर अनि संगित भरेका छन्। त्यस्तै गायिका जितु लोप्चनको सुमधुर आवाज सुन्न सकिन्छ।

सिंग मोक्तानको मार्मिक अनि मायाले भरिएको शब्द रहेको गितलाई संगित संयोजन अनि मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

भिडियोलाई गितको पोस्टर अंकित केक काटेर फरक किसिमले गरेका छन। यस अघि यसरी खासै कुनै भिडियो सार्वजनिक गरिएको देखिएको थिएन।

पछिल्लो चरण सामाजिक संजालहरुमा ख्याती कमाएका काभ्रे रोशीको तिनधारे झरनाको लोभ लाग्दो दृश्यलाई समेत भिडियोमा कैद गरेको छ। जसले पर्यटनलाई केही टेवा पुर्याउन खोजिएको देखिन्छ।

भिडियो तर्फ नयाँ जोश जाँगरका साथ हिरा लामा “जिकज्याक” आएका छन्। यो उहाँको पहिलो म्युजिक भिडियो हो। स्कृनमा लामा संग रोमान्टिक मुडमा मोडल कुसुम मगरको क्युट मुहार अनि अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन अनि कोरियोग्राफी अनिश लामाको रहेको छ। छायांकनमा मुकेश हुमागाई, सम्पादनमा दिपक बिष्ट, ड्रोनमा प्रमोद श्रेष्ठको काम उत्कृष्ट छ। अफिसियल भिडियो जिग्मे मिडियाको युट्युब मार्फत हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button