विशेष अदालतले थुनुवा बाहेको मुद्दा नहेर्ने

काठमाडौँ। विशेष अदालतले थुनुवा बाहेकका मुद्दा सुनुवाइ नगर्ने भएको छ । कोरोना संक्रमण बढेका कारण थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।

विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ। अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन्।

विशेषले थुनुवाई बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button