विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्याे

काठमाडौं । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा ५ हजार ८ सय २५ जनाको मृत्यु भएसँगै हालसम्म विश्वभर कोरोना संक्रमणबाटै ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार ३ सय ६३ जना पुगेको हो ।
पछिल्लो तथ्यांकअनुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख ७९ हजार १ सय ९८ जनाको मृत्यु भएको छ भने त्यसपछि ब्राजिलमा १ लाख १३ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ ।
त्यसपछि मेक्सिकोमा ५९ हजार १ सय ६ जनाको मृत्यु भएको छ भने नेपालको छिमेकी मुलुक भारतमा पनि ५५ हजार ९ सय २८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै मृत्यु अमेरिकामा नै भएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार १ सय ६८, ब्राजिलमा १ हजार ३१, भारतमा ९ सय ५३ र मेक्सिकोमा ६ सय २५ जनाको मृत्यु भएको छ ।