विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा २ लाख १२ हजार १ सय १२ जना नयाँ संक्रमित थपिएसँगै विश्वमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ९ हजार ६१ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा गत २४ घन्टामा ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७ लाख ३३ हजार ३ सय ६० पुगेको छ ।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित र मृतक देखिएका छन् । अमेरिकामा हालसम्म ५१ लाख ९९ हजार ४ सय ९ जना संक्रमित देखिएका छन् भने १ लाख ६५ हजार ६ सय ७ जनाको मृत्युु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा ३० लाख ३५ हजार ५ सय ८२ संक्रमित र १ लाख १ हजार १ सय ३६ मृतक पुगेका छन् । नेपालको छिमेकी मुलुक भारतमा २२ लाख १४ हजार १ सय ३७ जना संक्रमित पुगेका छन् भने ४४ हजार ४ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै संक्रमित र मृतकको सूचीमा भारत अग्रस्थानमा रहेको छ । भारतमा गत २४ घन्टामा ६२ हजार १ सय १७ नयाँ संक्रमित देखिएका छन् भने १ हजार १३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १ करोड २८ लाख ८६ हजार ९ सय १७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button