विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्याे

काठमाडौं । विश्वभर कोरोना संक्रमितको सूची २ करोड ९४ लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा २ लाख ४० हजार ४ सय ५३ नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा २ करोड ९४ लाख ३३ हजार ४ सय ७२ संक्रमित पुगेका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ३२ हजार ३ सय ९० पुगेको छ ।
पछिल्लो २४ घन्टामा ४ हजार ३ सय २० जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितमध्ये २ करोड १२ लाख ६४ हजार ९ सय ८१ कोरोना मुक्त भइसकेका छन् ।
विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा रहेका छन् ।
अमेरिकामा हालसम्म ६७ लाख ४८ हजार ८ सय ५३ संक्रमित छन् भने १ लाख ९८ हजार ९ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै अमेरिका पछि धेरै संक्रमितमा नेपालको छिमेकी मुलुक भारत रहेको छ ।
भारतमा हालसम्म ४९ लाख २६ हजार ९ सय १४ संक्रमित रहेका छन् भने मृतक संख्या ८० हजार ८ सय ८ जना पुगेको छ ।
त्यसपछि मृतक संख्यामा ब्राजिल ४३ लाख ४९ हजार ५ सय ४४ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार १ सय १७ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको सूचीमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
संक्रमितसूचीमा ब्राजिलपछि रसिया, पेरु, कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना क्रमशः चौथो, पाँचौं, छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।