विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ६८ लाख नाघ्यो

काठमाडौं । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ६८ लाख चार हजार चार सय २३ पुगेको छ ।
संक्रमितमध्ये १२ लाख पाँच हजार सात सय ४४ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख नाघेको छ ।
सोमबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख ४२ हजार सात सय ३१ पुगेको हो । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ ।
संक्रमितमध्ये ६० लाख ९७ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार चार सय ७१ पुगेको छ ।
भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८२ लाख २९ हजार तीन सय २२ पुगेको छ । त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ६ सय ४२ पुगेको छ ।