विश्वमा एकैदिन तीन लाख ८० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वमा एकैदिन तीन लाख ८० हजार बढी नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा पछिल्लो २४ घण्टामाा तीन लाख ८० हजार ९० जनामा संक्रमण देखिएको छ ।
यसरी विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड १० लाख २१ हजार ५ सय २३ पुगेको छ । त्यस्तै विश्वमा कोरोनाबाट एकैदिन ६ हजार ७९ जनाको ज्यान गएको छ ।
यसरी कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख २८ हजार ८ सय ४८ पुगेको छ । त्यस्तै संक्रमित तीन करोड ६१ लाख ६ हजार ५ सय ४३ जना उपचारपछि निको भएका छन् ।