विश्वमा एकैदिन थपिए तीन लाख ८ हजार ९ सय ५९ जना नयाँ संक्रमित

काठमाडाैं । विश्वमा एकैदिन तीन लाख बढीमा संक्रमण देखिएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण देखिएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८ सय २७ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ५ हजार ७ सय ८२ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ६६ जना पुगेको छ ।

संक्रमित दुई करोड ३९ लाख ४ हजार ६ सय ८७ जना संक्रमित उपचारपछि निो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button