विश्वमा एकैदिन ६ लाख ४ हजार बढीमा कोरोना संक्रमण, १० हजार ८ सय ३६ जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन ६ लाख ४ हजार ८ सय ५५ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख ४४ हजार ३ सय २७ जना पुगेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार ८ सय ३६ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख५३ हजार ९ सय ६ पुगेको छ । त्यस्तै विश्वमा तीन करोड ९३ लाख ३५ हजार ६ सय २ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button