विश्वमा एकैदिन ६ हजार ३ सय १० जनाको मृत्यु, दुई लाख ७१ हजार बढीमा संक्रमण

काठमाडौं । विश्वका एकैदिन दुई लाख ७१ हजार बढीमा संक्रमण देखिएको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एैदिन दुई लाख ७१ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसरी विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख २२ हजार ४ सय २६ पुगेको छ ।
त्यस्तै विश्वमा एकैदिन ६ हजार ३ सय १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
यसरी कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख २८ हजार ८ सय ७८ पुगेको छ ।
त्यस्तै संक्रमित एक करोड ६८ लाख ४९ हजार ३ सय ८८ जना उपचारपछि निको भएका छन् ।