विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५७ हजार नाघ्यो

काठमाडौं । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५७ हजार ३ सउ ९९ पुगेको छ ।

विश्वमा एकैदिन ९ हजार ९२ जना संक्रमितको मृत्यु भएसँगै १४ लाख ५७ हजार नाघेको वल्डोमिटर्सले जनाएको छ ।

सबै भन्दा धेरै संक्रमति अमेरिकामा एकैदिन १२ सय १६ जनाको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कुल कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७२ हजार २ सय ५४ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन४ सय ६७ जना संक्रमितको मृत्यु भएको छ यसरी भारतको कुल कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ७ सय ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button